Skip to content

नयाँ नेपालको २५०% हकप्रद आजदेखि बिक्री खुला, कहाँ जाने भर्न ?

Dish Home

अर्थ सरोकार

७ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आइतबारदेखि २५०% हकप्रद सेयर बिक्री खुला भएको छ । कम्पनीले १ः२.५ अनुपातमा  १०० रुपैयाँ अंकित मूल्यको ६ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो । यो हकप्रदमा साउन ६ गतेसम्म कायम सेयरधनीले भदौ ३१ गतेसम्म फारम भर्न सक्नेछन् ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिनेछ । 
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । एनएमबि क्यापिटलबाट भने चेकमात्र बुझिने व्यवस्था रहेको छ । हाल यो लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्