
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्न अब ५ दिन मात्र समय बाँकी रहेको छ । समताको हकप्रद साउन २९ गतेसम्म मात्र खुला रहनेछ । यस माइक्रोफाइनान्सले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरिरहेको छ । यो हकप्रद असार ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि आवेदन दिन पाइनेछ ।
त्यसैगरी, समताको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ । हाल समताको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्