
- अर्थ सरोकार सम्बाददाता
काठमाडौ – गत आर्थिक वर्षको चौथो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ९.३३% ले घटेर २३ करोड ८३ लाख ५० हजार ५५९ रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष कम्पनीले २६ करोड २९ लाख ५ हजार १५३ रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, कम्पनीले खुद ब्याज आम्दानी ६२ करोड ५७ लाख ८९ हजार ७५० रुपैयाँ कमाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलना ३.३५% वृद्धि भएको छ । अघिल्लो वर्ष ६० करोड ५४ लाख ६१ हजार ७९८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । डिप्रोक्सको सञ्चालन नाफा भने ३५ करोड २२ लाखबाट घटेर ३० करोड ५० लाख ९६ हजार ३३२ रुपैयाँमा सीमित भएको छ ।
असार मसान्तसम्ममा २ अर्ब ४१ करोड ३ लाख ९३ हजार १५९ रुपैयाँ निक्षेप संकलन गरेको डिप्रोक्सले ७ अर्ब ७५ करोड ६१ लाख ७७ हजार ६२७ रुपैयाँ कर्जा लगानी गरेको छ । चुक्ता पुँजी ७० करोड ३१ लाख ४०२ रुपैयाँ छ । डिप्रोक्सको रिजर्भ कोषमा पनि ५१ करोड ७१ लाख ८९ हजार ४१८ रुपैयाँ जम्मा भएको छ ।
सम्भावित जोखिमको लागि १० करोड ७५ लाख ९३ हजार २६६ रुपैयाँ छुट्याएको डिप्रोक्सले ६ करोड ९४ लाख १० हजार ६९४ राइट ब्याक गरेको छ । यसको खराब कर्जा ०.७५% रहेको छ । गत वर्ष खराब कर्जा ०.७२% थियो । डिप्रोक्सको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९० पैसा (वार्षिक) रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्