×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुटै–गुट सक्रिय भएपछि नेकपाको तल्ला कमिटी छनोटमा सकस

PRIME CA

गुटै–गुट सक्रिय भएपछि नेकपाको तल्ला कमिटी छनोटमा सकस

२३ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – तल्ला कमिटीहरुको छनौटमा निकै सकस देखिएपछि नेकपाले सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको बैठक मंगलवार विहान बस्न लागेको हो । बैठक प्रदेश, जिल्ला, विशेष जिल्ला कमिटी र जनवर्गीय संगठनहरु निर्माणमा क्रियासिल हुने भएको छ ।
नेकपाका तल्ला कमिटी फर्मेशन गर्न निकै चुनौति देखिएको छ । पार्टी भित्रका गुट मिलान गर्न माथिल्लो कमिटीदेखि नै नेताहरु सक्रिय भएपछि प्रदेश कमिटी र जिल्ला कमिटी निर्माणमा समस्या भएको स्रोतले बताएको छ । ‘प्रत्येक नेताले आफु निकट र गुट मिल्नेलाई कमिटीमा राख्न कोशिस गरेपछि समस्या भएको हो’ नेकपाका एक प्रभावशाली नेताले भने ‘तल्ला कमिटीलाई आफै निर्णय गर्ने अधिकार पनि दिइएको छैन । जिल्ला कमिटीका अध्यक्ष र सचिव पनि केन्द्रीय सचिवालयले नै तोकेर पठाउने भएको छ ।
नेकपाभित्र घोषित तीन गुट छन भने अघोषित दर्जनौ गुट छन् । नेतापिच्छे गुट निर्माण भएपछि तल्ला कमिटी निर्माण गर्न सकस परेको हो । नेकपा अध्यक्ष केपी ओली समुहले आफु निकटका ब्यक्तिलाई तल्ला कमिटीमा धेरै ल्याउने कोशिस गरेको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर पनि आफ्नो प्रभाव बलिया बनाउन लागि परेका छन् ।
यी तिन नेता बाहेक अन्य नेताहरु पनि आफु निकटका ब्यक्तिलाई प्रदेश, जिल्ला र जनसंगठनहरुमा ल्याउने प्रयत्न गरिरहेका छन् । यसका लागि पूर्व एमाले र माओवादी केन्द्रका नेताहरु सक्रिय भएका छन् । महासचिव बिष्णु पौडेलले साउन २५ गतेभित्र केन्द्रीय कमिटीमा नाम पठाईसक्न कार्यदललाई लिखित निर्देशन पनि दिइसकेका छन् । मिति नजकिदै गएपछि नेताहरु पनि सक्रिय भएका हुन् ।
केन्द्रीय सचिवालयले एक ब्यक्ति एक पद गर्न कार्यदललाई मौखिक निर्देशन दिएको छ । तर सांसद र स्थानीय तहका जनप्रतिनिधिहरु नै कमिटीमा पर्न बढि सक्रिय देखिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: