
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा तिनाउ विकास बैंकको खुद नाफा २५.८१% ले घटेको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो आवको सोही अवधिमा ९ करोड ६७ लाख २० हजार रुपैयाँ रहेको खुद नाफा कमाएको थियो ।तर यसपालि ७ करोड १७ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ ।
खुद ब्याज आम्दानी ११.०८% घटेर १८ करोड ३० लाख ४ हजार रुपैयाँ कमाएको छ । र सञ्चालन नाफामा ३५.२२% घटेर ९ करोड २६ लाख ४७ हजार रुपैयाँमा सिमित रहनु परेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेको कारणले खुद नाफामा पनि गिरावट आएको हो ।
बैंकले ४ अर्ब ९१ करोड ५७ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । यसको खराब कर्जा ०.३०% छ । तिनाउको चुक्ता पुँजी ५० करोड ६९ लाख ३४ हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ७२ लाख ३९ हजार रुपैयाँ रहेको छ । यो बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ५ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्