×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएसडीसीको ६०% हकप्रद भर्ने म्याद ३ दिन मात्र बाकी, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आरएसडीसीको ६०% हकप्रद भर्ने म्याद ३ दिन मात्र बाकी, फारम भर्न कहाँ जाने ?

१७ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६०% हकप्रद भर्ने ३ दिन मात्र बाकी रहेको छ । कम्पनीले गत असार १७ गते देखि कुल २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर खुला गरिएको छ । यसमा जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल र लालदरबार काठमाडौं तथा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरमा रहेका कार्यालयबाट हकप्रद भर्न सक्नेछन् । आरएसडीसीको बुटवल कालिकानगर कार्यालयबाट पनि हकप्रद भर्न सकिनेछ । 
यसैगरी, आस्वा प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइन्छ । हाल आरएसडीसीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी