
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एनएमबि बैंकको १५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि यसको सेयर भाउ प्रतिकित्ता ३१७ रुपैयाँ ३९ पैसा कायम भएको छ । बिहीबार बैंकको सेयर कारोबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने ३९१ रुपैयाँ ७ पैसा छ ।
एनएमबिले साउन ३१ गते हुने वार्षिक साधारण सभामा १५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । सभा गर्न बैंकले बिहीबारदेखि बुक क्लोज गरेको हो । बैंकले एफपीओ बिक्रीपछि कायम चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५% बोनस वितरण गर्न लागेको हो । एफपीओ पाएका लगानीकर्ताले पनि यो बोनस पाउनेछन् । एनएमबिले बोनस वितरणपछि भने चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुर्याउनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्