
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल बैंकले एफपीओ भर्ने बिहिबार अन्तिम दिन रहेको छ । बैंकले यो एफपीओ आफ्ना संस्थापक तथा सञ्चालक र उनीहरुको परिवारका लागि खुला गरेको हो । यसअघि बिक्री खुला गरेको समयमा संस्थागत र सर्वसाधारण लगानीकर्ताले सबै कित्ता सेयरमा आवेदन नदिएपछि संस्थापक, सञ्चालक तथा तिनका परिवारले समेत भर्न पाउने गरी मंगलबारदेखि यो एफपीओ बिक्री खुला गरिएको हो ।
यसमा संस्थापक, सञ्चालक समितिका पदाधिकारी, बैंक व्यवस्थापन, लेखापरीक्षक लगायतले पनि सेयर भर्न सक्नेछन् । उनीहरुका परिवारले सेयर भर्न सक्नेछन् । अब पनि बाँकी रहेको सबै सेयर अन्डरराइटरले स्वीकार गर्नुपर्नेछ । यसमा सी–आस्वाको माध्यमबाट बिभिन्न बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सकिनेछ ।
नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ छ । सम्पूर्ण एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्