
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ३ करोड ७७ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा रकम अघिल्लो वर्षको भन्दा १२०.६१% धेरै हो । अघिल्लो वर्ष आरएसडीसीले १ करोड ७१ लख १ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
यस्तै, खुद ब्याज अम्दानी पनि ९१.३५% ले बढाएर ७ करोड २ लाख ९० हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यस कम्पनीले ३ करोड ६७ लाख ३२ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि २ करोड ६८ लाखबाट बढेर ५ करोड ८९ लाख २२ हजार रुपैयाँ पुगेको छ । खुद नाफालाई खुद ब्याज आम्दानी र सञ्चालन नाफाले टेवा पुर्याएको देखिन्छ ।
आरएसडीसीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १३ करोड १३ लाख ३ हजार रुपैयाँ छ । अघिल्लो वर्ष चुक्ता पुँजी १२ करोड ९९ लाख रुपैयाँ र रिजर्भ कोषमा ९५ लाख ५८ हजार रुपैयाँ मात्र थियो ।
खराब कर्जा थोरैले बढेर ०.०३% कायम भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.०१% मात्र थियो । प्रतिसेयर आम्दानी १० रुपैयाँ ४८ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १३६ रुपैयाँ ४८ पैसा छ । चुक्ता पूँजी बढाउन आरएसडीसीले हाल ६०% हकप्रद सेयर बिक्री खुला गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्