×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माथिल्लो तामाकोशीको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ खुल्यो, जाने होइन त भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माथिल्लो तामाकोशीको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ खुल्यो, जाने होइन त भर्न ?

१६ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बुधबारदेखि १ करोड ५ लाख ९० हजार कित्ता सेयर आइपीओ खुला गरेको छ । यो आइपिओ दोलखाका स्थानीय बासिन्दाका लागि  १०० रुपैयाँ अंकित मूल्यको भदौ १४ गतेसम्म भर्न सक्नेछन् । आयोजना प्रभावित दोलखाका स्थानीयलाई १० प्रतिशत सेयर छुट्याएको छ । स्थानीयलाई बेचिसकेपछि सर्वसाधारणमा खुला हुनेछ । यस आइपीओमा काठमाडौं र विदेशमा रहेका दोलखालीबासीले समेत आवेदन दिन मिल्नेछ ।
दोलखाका स्थानीयलाई पनि ३ वर्गमा वर्गीकरण गरिएको छ । जिल्लाको लामाबगर र गौरिशंकार गाँउपालिकालाई ‘क’, ट्रान्समिसन लाइन भएको क्षेत्रलाई ‘ख’ र बाँकीलाई ‘ग’ वर्गमा विभाजन गरिएको हो । सोही अनुसार आवेदन दिन पाइने संख्या निर्धारण गरिएको छ । ‘क’ वर्गमा पर्नेले हरियो, ‘ख’ वर्गमा पर्नेले निलो र ‘ग’ वर्गमा पर्ने स्थानीयले कालो फर्म भरेर आवेदन दिनु पर्नेछ । 
काठमाडौं उपत्यकामा बस्ने दोलखालीले भने १० दिनसम्म मात्र आवेदन दिन सक्नेछन् । उपत्यकामा रहेकाले साउन २५ गतेसम्ममा आइपीओका लागि आवेदन दिइसक्नुपर्नेछ ।
विदेशमा रहेका स्थानीयले भने सनराइज क्यापिटलको वेबसाइट http://sunrisecapital.com.np/ बाट फर्म डाउनलोड गरेर आवेदन दिने सक्नेछन् । यसको बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटल हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी