×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विन्ध्यवासिनी हाइड्रोपावरले आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विन्ध्यवासिनी हाइड्रोपावरले आईपीओ आउँदै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

१४ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाै- विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएका छन् । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई र दोस्रो चरणमा सर्वसाधारण गरि २ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । 
कम्पनीले स्थानीयवासीको लागि दश करोड रुपैयाँ बराबरको १० लाख कित्ता र सर्वसाधारणको लागी २५ करोड बराबरको १५ लाख कित्ता गरि जम्मा २५ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।
विन्ध्यवासिनी हाइड्रोपावरको निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ । कम्पनीले स्थानीयवासी तथा सर्वसाधारण लगानीकर्तामा २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न उक्त क्यापिटलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।
उक्त नियुक्ति सम्बन्धी सम्झौता पत्रमा सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र विन्ध्यवासिनी हाइड्रोपावरका तर्फबाट संचालक भरतबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी