
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रोग्रेसिभ फाइनान्सको गत आर्थिक वर्षमा खुद नाफामा ७४.७३% ले घटेको रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३५ लाख ४७ हजार रुपैयाँ मात्र खद नाफा कमाएको छ ।
कम्पनीले खुद ब्याज आम्दानी भने ३ करोड २ लाख ७५ हजार रुपैयाँ रहेको छ । तर सम्भावित जोखिमका लागि नै १ करोड ८४ लाख ७६ हजार रुपैयाँ छुट्याएपछि सञ्चालन नाफामा गिरावट आएको छ । असार मसान्तसम्म सञ्चालन घाटा ४५ लाख ३८ हजार रुपैयाँ पुगेको छ । फाइनान्सले ९२ लाख १ हजार रुपैयाँ राइट ब्याक गरे पनि यो नाफा बढाउन सकेको छैन ।
यता, निक्षेप संकलन ५४ करोड ६७ लाख बाट बढाएर ७८ करोड ४६ लाख ३८ हजार पुर्याएको छ । तर कर्जा लगानी भने ६० करोड ५१ लाखबाट घटेर ५१ करोड २ लाख ७२ हजारमा सीमित भएको छ । खराब कर्जा १.५४% र कस्ट अफ फन्ड ९.९०% छ ।
प्रोग्रेसिभको चुक्ता पुँजी २१ करोड रुपैयाँ छ । कम्पनीले पुँजी वृद्धि गर्न २८१% हकप्रद ल्याउने तयारी गरिरहेको छ । हकप्रद निष्कासन गर्न साउन २३ गते बुक क्लोग गर्ने भएको छ । यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ ।
रिजर्भ कोषमा यो फइनान्सले १ करोड १९ लाख ७६ हजार रुपैयाँ जम्मा गरेको छ । प्रोग्रसिभको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ७० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्