×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वरोजगार लघुवित्तको १००% हकप्रद बिक्री खुला, फारम भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वरोजगार लघुवित्तको १००% हकप्रद बिक्री खुला, फारम भर्न कहाँ जाने ?

१३ श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाको आइतबारदेखि १००% हकप्रद बिक्री खुला भएको छ । कम्पनीले १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रदमा असार २७ गतेसम्म कायम सेयरधनीले मात्र भदौ ५ गतेसम्म  आवेदन दिन सक्नेछन् ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको उपत्यका भित्रका तिनकुने, टेकु, बसुन्धरा, कलंकी, लुभु, ठैब र सूर्यविनायक शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखा कार्यालयबाट हकप्रद भर्न सकिनेछ । यसैगरी, स्वरोजगार लघुवित्त बनेपा, कामना सेवा विकास बैंक ज्ञानेश्वर, सेन्ट्रल फाइनान्स कुपण्डोल र चाबहिल, गुडविल फाइनान्स हात्तिसार, इन्द्रचोक र कुमारीपाटीबाट पनि आवेदन दिन सकिन्छ । 
आस्वाबाट पनि हकप्रद भर्न पाउने व्यवस्था छ । हाल स्वरोजगारको चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २४ करोड ४९ लाख ९४ हजार ५२० रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी