×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको एफपीओ भर्ने आज अन्तिम म्याद, १ करोड ५२ लाख ३३ हजार ७६८ कित्ता बिक्न बाकी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल बैंकको एफपीओ भर्ने आज अन्तिम म्याद, १ करोड ५२ लाख ३३ हजार ७६८ कित्ता बिक्न बाकी

१३ श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बैंकको एफपीओ भर्ने आइतबार अन्तिम दिन रहेको छ । तुलनात्मकरुपमा आज निकै बढी आवेदन पर्ने अपेक्षा गरिएको छ । ठूला र संस्थागत लगानीकर्ताले पनि अन्तिम दिन सेयर भर्ने विगतको प्रवृत्ति छ । यस एफपीओमा गत शुक्रबारसम्म २४ लाख ५१ हजार ९० कित्ताका लागि मात्र आवेदन परेको छ ।
अब सबै कित्ता बिक्री हुन आइतबार मात्रै करिब १ करोड ५२ लाख ३३ हजार ७६८ कित्ता एफपीओमा आवेदन पर्नुपर्ने देखिन्छ । बिक्री नभएको सेयर अन्डरराइटले सकानुपर्ने हुन्छ । वित्तीय संचकलाई आधार मान्दा नेपाल बैंकको यो भाउ उपयुक्त देखिन्छ । यद्दपि, नेप्से घट्दो प्रवृत्तिमा रहेकाले दोस्रो बजारमा पनि एफपीओकै भाउमा सेयर पाइएको अवस्था छ । त्यही भएर लगानीकर्ता अलि बढी अन्योलमा परेको देखिन्छ । 
नेपाल बैंकले गत असार १५ गतेदेखि प्रतिकित्ता २८० रुपैयाँ दरको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ५० कित्तादेखि १० अंकले भाग जाने संख्यामा कानुनी सीमा भित्र रहेर अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस एफपीओमा लगानीकर्ताले सी–आस्वाको माध्यमबाट सेयर भर्न सक्नेछन् ।
नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो। हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ छ । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी