×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गोविन्द केसीको मागले पूर्णता पाउँदै, चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गोविन्द केसीको मागले पूर्णता पाउँदै, चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत

Artha Sarokar

११ श्रावण २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गर्ने क्रम रोके पछि आज राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत भएको छ । डा. गोविन्द केसीले विधेयकमाथि प्रश्न गर्दै अनसन सुरु गरेपछि कांग्रेसले त्यसमा समर्थन गर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।
गएराति डाक्टर केसी र सरकारबीच सहमति भएको थियो । त्यसबारे आज सदनमा जानकारी गराइएपछि कांग्रेसले संसद अवरुद्ध गर्न छाडेको हो । कांग्रेसका तर्फबाट दर्ता भएको विरोधको सुचना पनि फिर्ता लिएपछि स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गरेका छन् ।
प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेछ । यसअघि प्राध्यापक डाक्टर गोविन्द केसीसँग सरकारले गरेको ९ बुँदे सहमतिपत्रको प्रतिलिपि उपलब्ध नगराएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी