×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेस्ट फाइनान्सको आकर्षक प्रगति, खुद नाफा ४ करोडभन्दा माथि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बेस्ट फाइनान्सको आकर्षक प्रगति, खुद नाफा ४ करोडभन्दा माथि

८ श्रावण २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरकार सम्बाददाता 
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा बेस्ट फाइनान्स कम्पनीले ४ करोड ४२ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीले ५२ लाख ६१ हजार रुपैयाँ घाटा व्यहोरेको थियो । 
खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार गरेपछि कम्पनी नाफामा आएको हो । कम्पनीको खुद ब्याज आम्दानी २ करोड ३४ लाख ५ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष भने १ करोड ९५ लाख २६ हजार रुपैयाँ मात्र कमाएका थिए । अघिल्लो वर्ष २ करोड ३० लाख ९३ हजार सञ्चालन घाटामा रहेको यो फाइनान्सले असार मसान्तसम्म ३० लाख ७३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । 
बेस्टको आर्थिक स्थितिमा सुधार ल्याउन राइट ब्याकले पनि साथ दिएको छ । यो अवधिमा ४ करोड ८८ लाख ९९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । फाइनान्सले २१ करोड ११ लाख रुपैयाँ निक्षेप संकलन गरी २८ करोड ३ लाख ९७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसको खराब कर्जा भने ४९.२९% रहेको छ । अघिल्लो वर्ष ८४.९३% थियो । बेस्टको चुक्ता पुँजी २९ करोड ७५ लाख १३ हजार रुपैयाँ छ । फाइनान्सको जगेडा कोष भने ऋणात्मक नै रहेको छ ।
बेस्टको जगेडा कोष ७ करोड ५८ लाख ९४ हजार रुपैयाँले ऋणात्मक रहेको देखिएको छ । यता, कम्पनीले हालै सिनर्जी फाइनान्सलाई एक्वायर गरी साउन १७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारीमा छ । बेस्टको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ४९ पैस रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी