
काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी (नेकपां)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र आफ्नो पार्टी अनसनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गरेर उनको जीवनरक्षा गर्न तयार रहेको बताएका छन् । सरकार र नेकपा पार्टीले डा. केसीको जीवनरक्षाका लागि कदम चालेपनि अर्को पक्षले त्यसमा राजनीति गरिरहेको आरोप उनको थियो ।
पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीको सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डा। केसीको अनसनलाई लिएर सरकार गम्भिर रहेको र उनको जीवनरक्षा गर्नका लागि तत्तपर रहेको बताए ।
‘डा। गोविन्द केसी अनसन बस्नुहुन्छ । यो नेपाली समाजले पचाइसकेको छ । उहाँसँग वार्ता हुन्छ, सहमति पनि हुन्छ । त्यो पनि सामान्य प्रकृया हो,’ उनले भने, ‘हामी छलफल गरेर समाधान निकालेर उहाँको जीवनरक्षा गर्न चाहन्छौं । तर अर्को एउटा पक्ष उहाँको जीवनरक्षा गर्ने पक्षमा छैन ।’
सरकारले डा। केसीसँग वार्ता गरेर समस्या समाधान गर्न खोजे पनि प्रतिपक्षी कांग्रेसले उनको मागलाई आफ्नो राजनीतिक हतियार बनाउन खोजेको आरोप लगाए । ‘नेपाली कांग्रेसले के गर्न खोजेको हो,’ उनले भने, ‘कांग्रेसले डा. केसी मार्फत आफ्नो राजनीति गर्न खोजेको हो र? के कांग्रेसको अब अरु कुनै एजेण्डा छैन ? यदी हो भने कांग्रेस अब सकियो ।’
उनले हिजो प्रधानमन्त्री केपी शर्मा ओली, आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा. केसीको अनसनलाई लिएर छलफल भएको बताउँदै लोकतान्त्रीक प्रणालीबाट नै समस्याको समाधन गर्नुपर्ने विषय आफूले उठाएको बताए ।
‘हामीले हिजो मात्रै शेरबहादुर देउवाजीसँग छलफल गरेका थियौं,’ उनले भने, ‘देउवाजीले डा. केसीलाई मनाउनुस् हामी मान्न तयार छौं । उहाँ मान्नुभएन भने हाम्रो आन्दोलन जारी छ भन्नुभयो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्