×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुठी संस्थानका कर्मचारी जयकुमार राउत ३५ हजार घूससहित पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गुठी संस्थानका कर्मचारी जयकुमार राउत ३५ हजार घूससहित पक्राउ

३ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महोत्तरी – महोत्तरीको जलेश्वरस्थित गुठी संस्थानका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले ३५ हजार घूस रकमसहित नियन्त्रणमा लिएको छ ।
जलेश्वर नगरपालिका-१ स्थित गुठी संस्थानको शाखा कार्यालयमा असुली सहायक (करार) पदमा कार्यरत जयकुमार राउत शर्मालाई ३५ हजार घूससहित नियन्त्राणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासका प्रमुख प्रबिण पोखरेलले जानकारी दिए ।
शर्माले सेवाग्राहीलाई गुठी संस्थान अन्र्तगतको जग्गा धित्तो फुकुवा गराइदिने भन्दै रकम मागेको भन्दै कार्यालयमा जानकारी भएपछि घूस रकमसहित नियन्त्रणमा लिइएको प्रमुख पोखरेलले जानकारी दिए ।
शर्मालाई बर्दिवासस्थित कार्यालयमा ल्याएर थप अनुसन्धान थालिने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी