×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथले २५% नगद लाभांश लिन बोलायो सेयरधनी, लिन नगए के हुन्छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथले २५% नगद लाभांश लिन बोलायो सेयरधनी, लिन नगए के हुन्छ ?

३ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नगद लाभांश लिन बाकी रहेको सेयरधनीहरुलाई मुक्तिनाथ विकास बैंकले लाभांश लिन बोलाएको छ । बैंकले २०६७ कात्तिक १ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश लिन बोलाएको हो । मुक्तिनाथले त्यसबेला २५% नगद लाभांश दिएको थियो ।
बैंकले साउन ३ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय तथा सेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटलमा सम्पर्क गरी नगद लाभांश लिन आग्रह गरेको छ । यो अवधिमा पनि लाभांश लिन नआएमा कानुन बमोजिम लगानीकर्ता संरक्षण कोषमा पठाइने बैंकले जनाएको छ । बैंकले नगद लाभांश लिन बाँकी रहेका सेयरधनीको नाम आफ्नो र एनआइबीएल एसको वेबसाइटमा राखेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी