
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – देवः विकास बैंकको साधारणसभा बुधबार ११ बजे सुरु भएको छ । बैंकले सभा नेपा ब्यांकेट, खुसिबु काठमाडौमा सुरु गरेको छ । सभामा बैंकले १७.१% बोनस दिने विशेष प्रस्ताव र कर तिर्नको लागि ०.९०% नगद लाभांश प्रस्ताव पनि पेश गर्दैछ । बैंकले बोनस बापत २४ करोड ७० लाख ९२ हजार ३४१ रुपैयाँ र नगद लाभांशमा १ करोड ३० लाख ४ हजार ८६० रुपैयाँ खर्च गर्नेछ ।
बोनस पश्चात चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव समेत राखिएको छ ।
आर्थिक वर्ष २०७४–७५ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने पनि एजेन्डा पनि पेश हुँदैछ । बैंकले वितरण गर्ने लाभांश भने कात्तिक २२ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् । देवः ले गत वर्षको कात्तिक २३ देखि कात्तिक २९ गतेसम्म बुक क्लोज गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्