×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरेको १००% हकप्रद बुधबारदेखि खुल्दै, कहाँ जाने सेयर भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिर्मिरेको १००% हकप्रद बुधबारदेखि खुल्दै, कहाँ जाने सेयर भर्न ?

२६ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार २७ गतेदेखि मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको १००% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।  यो हकप्रद मा जेठ १७ गतेसम्म कायम सेयरधनी साउन २९ गतेसम्म  आवेदन दिन सकिन्छ ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं सहित शाखा कार्यालयहरु लालदरवार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, बीरगञ्ज र बिराटनगरबाट पनि आवेदन दिन सकिनेछ । यसैगरी, मिर्मिरेको बनेपा सहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । 
आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने सुविधा छ । हाल मिर्मिरेको चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी