
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंकको सेयर लिलामी भर्ने आइतबार अन्तिम दिन हो । यो लेलामी आज कार्यालय समयसम्म भर्न पाउने छन् । बैंकले असार १७ गतेदेखि सर्वसाधारण समूहको १ लाख ८४ हजार ५८८ कित्ता र संस्थापक समूहको ५ लाख २३ हजार ५७० कित्ता गरि जम्मा ७ लाख ८ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो ।
संस्थापक सेयर सर्वसाधारण लगानीकर्ताले पनि किन्न सक्नेछन् । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । दुवै समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम १० अंकले भाग जाने गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी, काठमाडौं तथा कर्णाली डेभलपमेन्ट बैंकको नेपालगञ्जसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, प्रभु बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नारायणगढ, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि लिलामी भर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्