×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहारा विकास बैंकको २५०% हकप्रद भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

PRIME CA

सहारा विकास बैंकको २५०% हकप्रद भर्ने आज अन्तिम मौका, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार

२४ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सहारा विकास बैंकको २५०% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन रहेको छ । यस हकप्रदमा आइतबार कार्यालय समयसम्म यसमा आवेदन दिइसक्नुपर्नेछ । बैंकले जेठ ६ गतेदेखि  १०० रुपैयाँ अंकित मूल्यको १ः२.५ अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद वैशाख ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउँछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, सहारा विकास बैंकको मलंगवा नगरपालिका–९ सर्लाही तथा सिराहा, बरहथवा, इश्वरपुर र लालबन्दी शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल सहाराको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: