Skip to content
LAXMI SUNRISE BANK

शुभम् पावरको आइपीओ भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्न ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शुभम् पावर लिमिटेडको १०% आइपीओ भर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २० गतेदेखि संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि १०० रुपैयाँ दरको २ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।स्थानीयले न्यूनतम ५० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । 
बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गरेको छ । आवेदकले शुभम् पावर लिमिटेड चैनपुर संखुवासभा, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था तुम्लिङटार र मामलिङ शाखाबाट सेयर भर्न सक्नेछन् । यसैगरी, प्राइम बैंकको खाँदबारी र तुम्लिङटार शाखाबाट पनि आवेदन दिन पाइनेछ । एभरेष्ट बैंक र सेन्चुरी बैंकको खाँदबारी शाखाबाट पनि सेयर भर्न सकिन्छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK