
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – मञ्जुश्री फाइनान्सको बार्षिक साधारणसभा बुधबार बिहान १० बजे सुरु भएको छ । सभा थापागाउँ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा सुरु भएको हो । सभामा कम्पनीले ५.७१% बोनस सेयर वितरण गर्ने विशेष प्रस्तावका साथै कर तिर्न ०.३२% नगद लाभांशको पनि प्रस्ताव पेस गर्ने छ । कम्पनीले बोनस प्रयोजनका लागि ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ र नगद लाभांशमा २२ लाख ८७ हजार ५११ रुपैयाँ खर्च गर्नेछ ।
बोनसपछि चुक्ता पुँजी बृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने अर्को प्रस्ताव पनि छ ।
यस्तै, आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा समेत राखिएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ४ गते बुक क्लोज गरिसकेको छ । असार ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्