
काठमाडौँ – काठमाडौँको नागढुंगाबाट सोमबार बिहान प्रहरीले ६ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवागढीबाट काठमाडौँमा तस्करीको सुन ल्याउँदै गरेको अवस्थामा तेञ्जिङ लामालाई नागढुंगामा चेकपोस्टमा पक्राउ गरेको हो । सिन्धुपाल्चोकको बाह्रबिसेमा घर भएका लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी मोहन थापालका अनुसार मोटरसाइलमा सवार लामाले कम्मरमा पेटी जस्तो बनाइ लुकाएर सुन ल्याउँदै गरेका थिए । पक्राउ परेका लामालाई दिउँसो साढे एक बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने प्रवक्ता थापाले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्