Skip to content
LAXMI SUNRISE BANK

स्वरोजगार लघुवित्तको १००% हकप्रद आउंदै, कहिले हुँदैछ बुक क्लोज ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद बिक्री गर्नको लागि असार २८ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद बिक्री गर्न लागेको हो । अब यो हकप्रद सुरक्षित गर्न असार २७ गतेभित्र सेयरधनी बनिसक्नुपर्नेछ ।
स्वरोजगारले हकप्रद बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पनि पाइसकेको छ । हाल यसको चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २४ करोड ४९ लाख ९४ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK