×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असार १५ ,१६ र १७ गते हिमालय इञ्जिनिएरिङ्ग प्रदर्शनी आयोजना हुँदै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

असार १५ ,१६ र १७ गते हिमालय इञ्जिनिएरिङ्ग प्रदर्शनी आयोजना हुँदै !

१३ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ- च्यासल , ललितपुर स्थित हिमालय कलेज अफ इनिजिनिएरिङ्गमा ‘हिमालय इञ्जिनिएरिङ्ग प्रदर्शनी , हेक्स २०१८’आयोजना गरिने भएको छ । हिमालय इञ्जिनिएरिङ्ग प्रदर्शनी, हेक्स २०१७ को दोश्रो संस्करणका रुपमा आयोजना गर्न लागिएको बृहत इञ्जिनिएरिङ्ग प्रदर्शनी असार १५ ,१६ र १७ गरी तीन दिन सम्म च्यासलस्थित कलेज प्रांगणमा चल्ने बताइएको छ । प्रदर्शनीलाई कलेजभित्रै विभिन्न संकायमा रहेका क्लबहरुले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । हिमालय शिभिल क्लब, आर्किटेक्चरल स्टुडेण्ट अफ हिमालय ,हिमालय इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर क्लब , रोबोटिक्स क्लब र हिमालय इन्फर्मेसन एण्ड टेक्नोलोजी सेन्टरले संयुक्त रुपमा आयोजना र व्यवस्थापन गर्नेछन् । 
‘हेक्स -२०१८’ नाम दिइएको प्रदर्शनीलाई व्यवस्थापन गर्नका लागि कलेजमै चौथो वर्षमा शिभिल संकायमा अध्यनरत विधार्थी कविता लोहलाको संयोजकत्वमा ‘हेक्स आयोजक कमिटि’ गठन गरिएको छ । पहिलो संस्करणमा ‘स्मार्ट नेपाल’को अवधारणामा आयोजना गरिएको प्रदर्शनीको यस वर्षको अवधारणा भने ‘इञ्जिनिएरिङ्ग टु डेवलप नेपाल’ राखिएको संयोजक कविता लोहलाले बताइन् । कलेजभित्रका र वाहिरी अन्य इनिजिनिएरिङ्ग कलेजका विधार्थीहरुका विभिन्न विधाका झन्डै ६० वटा प्रोजेक्टहरु राखिने र उक्त प्रोजेक्टहरु विच प्रतिसपर्धा समेत हुनेछ । प्रदर्शनीको अवधारणालाई आधार मानि लाइन फ़ोलोइङ्ग रोबोट , शिभिल मोडेलिङ्ग , हार्डवेयर एण्ड सफ्टवेयर ,ह्यकाथोन लगायत विधामा प्रतिशपर्धा गरिने र सम्बन्धित विधाका विज्ञहरुले अवधारणालाई मुख्य आधार मानि मुल्यांकन गरि विजेता चयन गरिनेछ । विजेताहरुलाई प्रदर्शनीको अन्तिम दिन आयोजना गरिने समापन समारोहमा पुरस्कृत गरिने आयोजकको भनाइ छ । 
लुम्बिनी बिल्डर्स मुख्य प्रायोजक रहेको प्रदर्शनीको स्लोगन ‘यात्रा संगसंगै’ राखिएको छ । इञ्जिनिएरिङ्ग विषयको विभिन्न संकाय एक अर्काका परिपुरक भएको र अध्यान पछि समेत कार्यक्षेत्र परिपुरक नै रहने भएकाले एकार्काका प्रोजेक्ट र कार्यक्षेत्र बारे ज्ञान आदानप्रदान गर्न एकै छानामुनि सबै संकायका प्रोजेक्टहरु प्रदर्शनीमा राखिएकाले उक्त स्लोगन राखिएको रोबोटिक्स क्लबका अध्यक्ष दिपेन शाक्यले बताए । प्रदर्शनीमा विभिन्न प्रोजेक्टहरुका साथै फुड स्टल , सांगेतिक प्रस्तुती र विभिन्न खेलहरुको मज्जा लिन सकिनेछ । फिफा , सी.एस. , हेक्स कार्ट, रोबट फुटबल , बिङ्गो लगायतका खेलहरु समेत राखिनेछ । 
प्रदर्शनीको असार १५ गते विहान १० बजे ड्रोनद्वारा उद्घाटन गरि सुरुवात गरी तेश्रो दिन बाहेक सुरुका दुइ दिन विहानको १० बजे देखि ५ बजेसम्म चल्नेछ भने तेश्रो दिन दिनको १ बजेसम्म मात्रै अवलोकन गर्न सकिनेछ । सोहि दिन दिनको २ बजेदेखि सांगेतिक प्रस्तुती सहित सहित समापन समारोहका विच समापन गरिनेछ । कलेजका प्राचार्य मदन शर्माले प्रदर्शनीले विधार्थीहरुमा रहेको अन्तरनिहित क्षमता र प्रतिभा प्रस्टफोटन गर्न सघाउ पुग्ने र बाहिरी बजारसंग विधार्थीहरुको सम्बन्ध कायम हुने भएकाले प्रदर्शनी आयोजना गर्न लागिएको जानकारी दिए । उनले प्रदर्शनीमा इञ्जिनिएरिङ्गका विधार्थीहरुले नेपाललाई कसरि रचनात्मक र सृजनात्मक ढंगले विकाश गर्न सकिन्छ भन्ने समेत झल्काउने र नेपालभित्रै रोजगारी र लगानीको क्षेत्र समेत पहिचान गर्न सघाउ पुग्ने भएकाले प्रदर्शनी अवलोकनका निम्ति सबैमा आवहान समेत गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी