
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार १३ गते वेष्टर्न डेभलपमेन्ट बैंकको साधारण सभा हुने भएको छ । उक्त सभा बिहान ११ बजेबाट होटल माला इन, घोराही दाङमा सुरु हुनेछ । सभामा बैंकले १७.४१% बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.९२% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
बैंकले संस्थापक र सर्वसाधारण समूहबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पेश गर्दैछ । यसैगरी, अधिकृत पुँजी ५० करोड रुपैयाँबाट बढाएर ७५ करोड रुपैयाँ पुर्याउने प्रस्तावमा पनि छलफल हुनेछ । वेष्टर्नले अन्य कुनै वित्तीय संस्थासँग मर्ज वा एक्विजिसनमा जानु परेमा यस सम्बन्धि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभामा पेश गर्दैछ ।
आर्थिक वर्ष २०७३–७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७४–७५ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि हुनेछ ।
हाल वेस्टर्नको चुक्ता पुँजी ४२ करोड ९३ लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ५० करोड ४० लाख ६८ हजार १६० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्