×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको सेयर लिलामी खुल्ला, असार १८ सम्म भर्न पाइने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकको सेयर लिलामी खुल्ला, असार १८ सम्म भर्न पाइने

Artha Sarokar

११ असार २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु बैंकले सेयर लिलामी सोमबारदेखि बिक्री खुला गरेको छ । बैंकले संंस्थापक समूहको १५ लाख ६० हजार २०३ कित्ता र सर्वसाधारण समूहको ६ लाख ७१ हजार ६२ कित्ता गरि जम्मा २२ लाख ३१ हजार २६५ कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । 
संस्थापक समूहतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारण तर्फ १०० कित्ता वा सो भन्दा बढी १० अंकले भाग जाने संख्यमा आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असार १८ गतेसम्म तोकिएको छ । प्रभु बैंकको नेप्सेमा आइतबार क्लोजिङ प्राइस प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ । 
बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल काठमाडौं तथा वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा र सुर्खेत शाखाबाट पनि आवेदन दिन सकिनेछ । प्रभुकै नेपालगञ्ज, धनगढी, बाग्लुङ र कावाशोती नवलपरासी शाखाबाट पनि आवेदन दिन मिल्नेछ । हाल प्रभुको चुक्ता पुँजी ८ अर्ब १३ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी