×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जी फाइनान्सको २५% हकप्रद आउंदै, सेयर भर्न कहाँ जाने ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिनर्जी फाइनान्सको २५% हकप्रद आउंदै, सेयर भर्न कहाँ जाने ?

Artha Sarokar

८ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार २५ गतेदेखि सिनर्जी फाइनान्सको २५% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । फाइनान्स ले १ः०.२५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ११ लाख ८६ हजार २२.४७ कित्ता सेयर बेच्न लागेको हो । यस हकप्रदमा साउन २७ गतेसम्म आवेदन दिन पाउने छन् ।
यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा सिनर्जीको कर्पोरेट अफिस कमलादी, काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि भर्न सकिनेछ । हाल सिनर्जीको चुक्ता पुँजी ४७ करोड ४४ लाख ९ हजार रुपैयाँ रहेको छ । हकप्रदपछि पुँजी ५९ करोड ३० लाख ११ हजार २३६ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी