×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवालाई गाली, ओली सरकारलाई सर्वसत्ताबादीको आरोप लगाउँदै सकियो कांग्रेस सभापतिहरुको भेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देउवालाई गाली, ओली सरकारलाई सर्वसत्ताबादीको आरोप लगाउँदै सकियो कांग्रेस सभापतिहरुको भेला

८ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सभापति शेरबहादुर देउवाको कडा आलोचना र वर्तमान सरकारलाई सर्वसत्ताबादको आरोप लगाउँदै नेपाली कांग्रेस जिल्ला सभपातिहरुको भेला सकिएको छ । भेलामा अधिकाँस जिल्ला सभापतिहरुले कांग्रेस सभापति देउवा वर्तमान सरकारबिरुद्ध उभिन नसक्ने आरोप समेत लगाएका थिए । उनी निकटकै जिल्ला सभापतिहरुले वर्तमान सर्वसत्ताबादी सरकारका बिरुद्ध कदम चाल्न नसक्ने भए नेतृत्व खाली गरिदिन देउवालाई आग्रह समेत गरेका थिए ।
कांग्रेस जिल्ला सभापतिहरुको भेलाले १९ बुँदे हेटौंडा घोषणापत्र पनि जारी गरेको छ । तीन दिनसम्म चलेको भेलाले सरकारमा जनविरोधी चरित्र देखिएको भन्दै त्यसको बडारुपमा प्रतिवाद गर्ने निर्णय समेत गरेको छ । ‘कम्युनिस्ट सरकारले सञ्चार माध्यममा निषेध र नियन्त्रणकारी हस्तक्षेप, न्यायपालिकालाई प्रभावित पार्ने अभिव्यक्ति, कर्मचारी र शैक्षिक क्षेत्रमाथि अन्यायपूर्ण आतंक, एनजीओमाथि नियन्त्रणकारी रबैया अपनाएको छ’ घोषणापत्रमा भनिएको छ, वर्तमान सरकार सर्वसत्तावाद उन्मुख रहेको प्रष्ट छ ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी