×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ४ कम्पनीको हकप्रद सेयर सूचीकृत, कुन कम्पनीको कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेप्सेमा ४ कम्पनीको हकप्रद सेयर सूचीकृत, कुन कम्पनीको कति ?

८ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेप्सेमा ४ वटा कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । जसमा २ वटा इन्सुरेन्स कम्पनी, १ विकास बैंक र १ माइक्रोफाइनान्स कम्पनी रहेका छन् । उक्त कम्पनीको जम्मा हकप्रद  १ करोड ३३ लाख २४ हजार ३६२.८ कित्ता सेयर सूचीकृत भएको हो । त्यसमा सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्सको मात्रै ४० लाख २७ हजार ९६६.८ कित्ता हकप्रद सेयर सूचीकरण भएको छ ।
यसैगरी, नेको इन्सुरेन्सले माघ २६ गतेदेखि चैत १ गतेसम्म बिक्री खुला गरेको ३९ लाख २० हजार ९२८.११ कित्ता (५०%) हकप्रद सेयर पनि सूचीकरण भएको छ । हकप्रद सेयर सूचीकृत हुनेमा कामना सेवा विकास बैंक र फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक पनि परेका छन् । कामना सेवाको ३० लाख ९४ हजार १५४.७७ कित्ता र फस्र्टको २२ लाख ८१ हजार ३१३ कित्ता हकप्रद सेयर सूचीकरण भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी