×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनीको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका, क-कसले पाउँछ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लुम्बिनीको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम मौका, क-कसले पाउँछ भर्न ?

८ असार २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – लुम्बिनी विकास बैंकको ३ लाख ६४ हजार ८३६.४४ कित्ता संस्थापक सेयर लिलामी भर्ने शुक्रबार अन्तिम दिन हो । जेठ २५ गतेबाट लिलामी खुला गरिएको यो सेयरमा शुक्रबार कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
 लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । हाल लुम्बिनीको चुक्ता पुँजी २ अर्ब १४ करोड ९६ लाख ३४ हजार रुपैयाँ रहेको छ । सम्पूर्ण सेयर लिलामीमा बिक्री भएपछि भने चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी