×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहाराको हकप्रद बिक्रीमा म्याद थप, अब असार २४ गतेसम्म भर्न पाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहाराको हकप्रद बिक्रीमा म्याद थप, अब असार २४ गतेसम्म भर्न पाइने

७ असार २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सहारा विकास बैंकले २५०% हकप्रद भर्नको लागि १२ दिन म्याद थप गरेको छ । अब लगानीकर्ताले सहाराको हकप्रद असार २४ गतेसम्म भर्न पाइने छ । यसअघि सहाराले जेठ ६ देखि असार १० गतेसम्मको समय सिमा तोकेर १ः२.५ अनुपातमा १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद वैशाख ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउँछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसका शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर वीरगञ्ज र गोल्छाचोक विराटनगरबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सहारा विकास बैंकको मलंगवा नगरपालिका, ९ सर्लाही तथा सिराहा, बरहथवा, इश्वरपुर र लालबन्दी शाखा कार्यालयबाट पनि भर्न सकिनेछ । 
त्यसका साथै धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइनेछ । हाल सहाराको चुक्ता पुँजी ७ करोड २९ लाख ९४ हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी