×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल हाइड्रोले बोलायो एजिएम, सभामा के–के एजेन्डा पेस गर्दै ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल हाइड्रोले बोलायो एजिएम, सभामा के–के एजेन्डा पेस गर्दै ?

Artha Sarokar

५ असार २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार २९ गते नेपाल हाइड्रो डेभलपरले वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा कम्पनीले सञ्चालक समितिको निर्वाचन गर्ने एजेन्डा पेश गर्नेछ । यो हाइड्रोले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक सेयरधनीबाट ३ जना र सर्वसाधारणबाट १ जना सञ्चालकको निर्वाचन गर्न लागेको हो ।
यसैगरी, आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । साधारण सभा गर्न कम्पनीले असार १३ गतेदेखि बुक क्लोज गर्ने भएको छ । असार १२ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् । नेपाल हाइड्रोले यसै आर्थिक वर्षमा आइपीओ बिक्री गरी नेप्सेमा सूचीकृत भएको कम्पनी हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी