Skip to content
LAXMI SUNRISE BANK

साना किसानले बोलायो विशेष साधारण सभा, सञ्चालकको निर्वाचन हुने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – असार २९ गते साना किसान विकास लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सर्वसाधारण सेयरधनी समूहको निर्वाचन गर्नका लागि विशेष साधारण सभा बोलाइएको हो । सभाले सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ । 
विशेष साधारण सभा गर्न कम्पनीले असार १२ गते बुक क्लोज गर्ने भएको छ । असार ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र निर्वाचनमा मतदान गर्न पाउनेछन् । सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK