×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफको हकप्रद भर्ने आज अन्तिम मौका, सेयर भर्न कहाँ जाने ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सूर्या लाइफको हकप्रद भर्ने आज अन्तिम मौका, सेयर भर्न कहाँ जाने ?

३ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सूर्या लाइफ इन्सुरेन्स कम्पनीको ४०% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन रहेको छ । आइतबार कार्यालय समयभित्रसम्ममा यो हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । सूर्याले वैशाख ३१ गतेदेखि १०ः४ अनुपातमा २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं तथा आस्वामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट हकप्रदका लागि आवेदन दिन सकिनेछ । यस्तै, सूर्या लाइफको उपत्यका भित्रका नक्साल, काठमाडौं र पाटन, ललितपुर तथा उपत्यका बाहिरका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिन्छ । हाल यसको चुक्ता पुँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ छ । हकप्रदपछि पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी