×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल हाइड्रोपावरको एजीएम हुदै, यस्ता छन् एजेन्डाहरु

PRIME CA

नेसनल हाइड्रोपावरको एजीएम हुदै, यस्ता छन् एजेन्डाहरु

२५ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमडौं – असार १५ गते नेसनल हाइड्रोपावर कम्पनीको २१ औं वार्षिक साधारण सभा  हुने भएको छ । साधारण सभा गोदावरी अल्मोनाई एसोसिएसनको सभा हल ठमेल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । आर्थिक वर्ष २०७४–७५ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्नेे एजेन्डा पनि राखिएको छ ।
सभा प्रयोजनका लागि कम्पनीले असार १ गतेदेखि ८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । यसपटक पनि नेसनल हाइड्रोपावरले लगनीकर्तालाई कुनै पनि लाभांश दिनेछैन । हाल यस कम्पनीको सेयर पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: