×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सको ८.२६% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजीएम ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखरा फाइनान्सको ८.२६% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका, कहिले हुँदैछ एजीएम ?

२४ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – पोखरा फाइनान्सको ८.२६% बोनस सेयर सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ । कम्पनीले असार ५ गते बस्ने वार्षिक साधारण सभामा ८.२६% बोनस सेयर र ०.४३५% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । यसका लागि कम्पनीले आइतबारदेखि बुक क्लोज गर्न लागेको छ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीमात्र लाभांशको हकदार हुनेछन् ।
साधारण सभामा संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन पनि हुनेछ । सभा दरबारथोक बैंक्वेट, बास्तोलाथर पोखरामा बिहान ८ बजे सुरु हुनेछ । पोखरा फाइनान्सले हाल कायम ७५ करोड ४१ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजीको ८.२६% बोनस दिन लागेको हो । बोनसपछि पुँजी ८१ करोड ६४ लाख ४९ हजार ३४९ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी