Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैक शाखा विस्तारमा अघि बढ्दै, एकैदिनमा गर्यो तीन शाखा सञ्चालन

अर्थ सरोकार

नेपाल बैक लिमिटेड्ले काठमाडौको महाराजगन्ज ,कोटेश्वर र जोरपाटीमा शाखाहरु स्थापना गरेको छ । बैकको महाराजगंज (चक्रपथ )शाखाको एक भव्य समारोहका बीच काठमाडौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र का.म.न.पा. वडा नं ४ का अध्यक्ष दीपक के.सी.ले पानसमा दीप प्रज्वलन गरि संयुक्त रुपमा समुद्घाटन गरे ।
सो अवसरमा प्रमुख अतिथि महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्कीले नेपालको बैकिंग इतिहासमा स्वर्णिम पहिचान भएको यस बैकलाई देशकै अव्वल बैक बनाउन नविनतम प्रविधिको प्रयोगसहित प्रतिष्पर्धी ढंगले सेवा प्रवाहमा चुस्ती ल्याउनु पर्ने आवश्यकतामा जोड दिंदै युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने तथा महिला उद्यमशीलता बढाउने दिशामा बैकको सक्रियताको अपेक्षा व्यक्त गरिन् ।
नेपाल बैक लिमिटेड संचालक समितिका सदस्य डा.डम्बर बहादुर भण्डारीले पुर्खा जिुजुवाजेको बैकको रुपमा चिनिने नेपाल बैक लिमिटेडले आफनो सम्वन्ध वर्तमान उनै पुर्खाको नाती पनातीको रुपमा रहेका युवा पिढिसम्म विस्तार गर्नु पर्ने आवश्यकता औल्याए ।
नेपाल बैक लिमिटेड्का प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले विगतमा कठिन अवस्थाबाट गुज्रनुपरेको बैक हाल सबै आधारमा सवल अवस्थामा आईपुगेको वताउंदै बैकका आगामी लक्ष्य, योजना तथा कार्यक्रमहरु कोरा नाफामुखी नभई ग्राहक केन्द्रित हुने र सोही प्रयोजनका लागि बैकले स्मार्ट ब्रान्चको अवधारणा कार्यान्वयनमा ल्याएको वताए ।
का.म.न.पा. वडा नं ४ का वडा अध्यक्ष दीपक के.सी.ले सभापतिको आसनबाट देशको आर्थिक क्रियाकलाप अभिवृध्दिमा यस बैकको योगदानको प्रशंसा गर्दै आफनो गृह वडामा स्थापित यस बैंकको विकासमा आफुले ब्राण्ड एम्वेस्डरको भुमिका निर्वाह गर्ने प्रतिवध्दता प्रकट गरे ।
बैकको महाराजगन्ज शाखाका खजान्ची सरोज खनालको संचालनमा सम्पन्न उक्त समुद्घाटन समारोहमा नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल बैक लिमिटेड्का सहायक कार्यकारी अधिकृत राजुनाथ खनाल, नेपाल बैक लि महाराजगन्ज शाखाका प्रवन्धक अर्जुन कुमार पुडासैनी सहायक प्रवन्धक सविना थापा लगायतकाले शुभकामना तथा स्वागत मन्तव्य दिएका थिए ।
शाखा समुद्घाटन समारोहमा नेपाल बैक लिमिटेड संचालक समितिका सदस्य सुरेन्द्र बहादुर सिंह, नेपाल बैक लिमिटेड्का पुर्व नायव महाप्रवन्धक अरुण कुमार वज्राचार्य, बैकका का.मु. मुख्य प्रवन्धक, लेखनाथ भुसाल, प्रेस संयोजक मुकुन्द अर्याल लगायत स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको वाक्लो उपस्थिति थियो । 
यसैगरि अर्का छुट्टाछुट्टै आयोजित २ कार्यक्रमका बीच नेपाल बैक लिमिटेड जोरपाटी शाखाको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष कुमार चालिसे र नेपाल बैक लिमिटेडका नायव कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले संयुक्त रुपमा समुद्घाटन गरे भने नेपाल बैक लिमिटेड कोटेश्वर शाखाको का.म.न.पा. ३२ वडाका अध्यक्ष नवराज पराजुली र नेपाल बैक लिमिटेडका का.मु. सहायक कार्यकारी अधिकृत डिल्लिराम शर्माले संयुक्त रुपमा समुद्घाटन गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK