
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – असार ८ गतेदेखि प्रभु इन्सुरेन्सको ४६% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । कम्पनीले १ः०.४६ को अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३१ लाख ६६ हजार ६७७.६३ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदमा जेठ १३ गतेसम्म कायम रहेका सेयरधनीले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रदको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ९४४ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्