काठमाडौं– गरिमा विकास बैंक र ओम डेभलपमेन्ट बैंकबीच गरिमा रेमिट सञ्चालन गर्नेबारे सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात ओम डेभलपमेन्ट बैंकका हाल देशभरका ५२ शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा रकम जम्मा गर्ने सुविधा प्रदान गरिएको बैंकले जनाएको छ ।