×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले पनि भर्न पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेन्ट्रल फाइनान्सको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले पनि भर्न पाउने

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सेन्ट्रल फाइनान्सले सोमबारदेखि ९ लाख ८१ हजार ७०८.७२५ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला भएको छ । कम्पनीले यसअघि पनि सोही संख्यामा संस्थापक सेयर लिलामी खुला गरेको थियो । तर त्यसबेला आवेदन नपरेपछि सर्वसाधारणले समेत भर्न पाउने गरी फेरि लिलामीमा ल्याएको हो । 
यसमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । प्रतिकित्ता न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ । यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी