×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुको संस्थापक सेयर पुन: लिलामीमा, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिन्धुको संस्थापक सेयर पुन: लिलामीमा, क-कसले पाइन्छ भर्न ?

११ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाठौं – सिन्धु विकास बैंकले शुक्रबादेखि संस्थापक समूहको ५ लाख ३५ हजार ३०१.४० कित्ता सेयर लिलामीमा ल्याएको छ । बैंकले यसअघि पनि संस्थापक सेयर लिलामी गर्दा नबिकेपछि सर्वसाधारणले पनि आवेदन दिन पाउने गरी फेरि लिलामी ल्याएको हो । लिलामीमा जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लजिम्पाट, काठमाडौं पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ । 
यसैगरी, एनआइबीएल एसको लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सूर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । यसमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइन्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी