×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिलको संस्थापक सेयर लिलामी भर्न आज अन्तिम अवसर, कसले पाइन्छ सेयर भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिलको संस्थापक सेयर लिलामी भर्न आज अन्तिम अवसर, कसले पाइन्छ सेयर भर्न ?

९ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल बैंकको २९ लाख ९२ हजार २१०.२५ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । बुधबार कार्यालय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । बैंकले यसअघि २ पटकसम्म बिक्री खुला गर्दा नबिकेको संस्थापक समूहको २९ लाख ९२ हजार २१०.२५ कित्ता सेयर जेठ २ गतेबाट लिलामीमा ल्याएको हो । संस्थापक समूहको यस लिलामी सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् । 
सुरुमा बैंकले फागुन २३ गतेदेखि चैत १ गतेको समय सिमा तोकेर संस्थापक समूहको ३२ लाख ४४ हजार ६००.२५ कित्ता र सर्वसाधारण समूहको ९ लाख ९४ हजार ३५८.७५ बित्ता बिक्री खुला गरेको थियो । त्यस समयमा न्यून कित्ता मात्र बिकेको थियो । 
यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । बोलपत्र बिहीबार (जेठ १० गते) सिभिल बैंक लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । हाल सिभिलको चुक्ता पुँजी ६ अर्ब ९३ करोड ३४ लाख ८५० रुपैयाँ मात्र छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी