×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल लाइफले पायो ६०% हकप्रद सेयर बेच्ने अनुमति

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेसनल लाइफले पायो ६०% हकप्रद सेयर बेच्ने अनुमति

६ जेष्ठ २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेसनल लाइफ इन्सुरेन्सले ६०% हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १०ः६ अनुपातमा ९९ लाख ३६ हजार ४७७.५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
हाल नेसनल लाइफको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५८८ रुपैयाँ छ । यही पुँजीबाट ६०% हकप्रद बिक्री खुला गर्न लागिएको हो । हकप्रद बिक्रीपछि नेसनलको चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४० रुपैयाँ पुग्नेछ । बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीले चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । यसका लागि कम्पनीले भारी मात्रमा हकप्रद निष्कासन गर्न लागेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी