×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहाराको खुद नाफामा ३८% को गिरावट हुनुमा यस्तो छ खास कारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सहाराको खुद नाफामा ३८% को गिरावट हुनुमा यस्तो छ खास कारण

४ जेष्ठ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सहारा विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ८७ लाख रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत बर्सको तुलनामा ३८.०१% ले घटेको हो । अघिल्लो वर्षको यहि अवधिमा बैंकको खुद नाफा १ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको खुद व्याज आम्दानीमा ४.५५ % ले घटेर २ करोड ५२ लाख रुपैयाँ पुगेको छ र संचालन नाफामा ४०.९०% ले घटेर १ करोड ३७ लाख रुपैयाँ पुगेको छ । खुद व्याज आम्दानी र संचालन नाफा घटेकोले गर्दा बैंकको खुद नाफामा कमि आएको हो  ।  बैंकले प्रोभिजनमा ४५ लाख रुपैयाँ राखेको छ ।
७ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी बैंकले जगेडाकोषमा ५ करोड ४२ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेपमा ३८ करोड ४३ लाख रुपैयाँ संकलन गरी कर्जामा ३८ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि गरेको हो ।
बैंक (SHBL) को निष्कृय कर्जा ३.०६ %, पुँजीकोष अनुपात ३७.९४%, प्रति शेयर आम्दानी १५.९९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८.७६ गुणा, प्रतिशेयर नेटवर्थ १७४.२६ रुपैयाँ र तरलता अनुपात ३३.५९ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी