×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु इन्सुरेन्सको ४६% हकप्रद आउंदै, बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने

PRIME CA

प्रभु इन्सुरेन्सको ४६% हकप्रद आउंदै, बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने

अर्थ सरोकार

३ जेष्ठ २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रभु इन्सुरेन्सले ४६% हकप्रद निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन गर्नको लागि कम्पनीले  जेठ १४ गते बुक क्लोज गर्ने भएको छ । जेठ १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ः०.४६ अनुपातमा ३१ लाख ६६ हजार ६७७.६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । हकप्रद बिक्री गर्न धितोपत्र बोर्डले अनुमति पनि दिइसकेको छ । हाल प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार १८१ रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब ५० लाख ७५ हजार ७६३ रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: