×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको संस्थापक सेयर लिलामीमा, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंकको संस्थापक सेयर लिलामीमा, क-कसले पाइन्छ भर्न ?

२ जेष्ठ २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिभिल बैंकको २९ लाख ९२ हजार २१०.२५ कित्ता संस्थापक सेयर लिलामी खुल्ला गरेको छ । बैंकले यसअघि २ पटकसम्म बिक्री खुला गर्दा नबिकेको संस्थापक समूहको सेयर पून: लिलामीमा ल्याएको हो । यो संस्थापक समूहको सेयर अब सर्वसाधारणले पनि किन्न पाउनेछन् । जेठ ९ गतेसम्म मात्र यस लिलामीमा आवेदन दिन पाउनेछन् ।
यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ वानेश्वर, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि १० ले भाग जाने संख्यामा अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ । बोलपत्र जेठ १० गते सिभिल बैंक लिमिटेड कमलादी, काठमाडौंमा बिहान ११ बजे खोलिनेछ । 
हाल सिभिलको चुक्ता पुँजी ६ अर्ब ९३ करोड ३४ लाख ८५० रुपैयाँ मात्र छ । सम्पर्ण लिलामी सेयर बिक्रीपछि मात्र चुक्ता पुँजी ७ अर्ब २५ करोड ९३ लाख १० हजार ३६२ रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी